प्राकृतिक सम्पदा, कृषि, पर्यटन र यातायात पूवाधार,

समुन्नत दुधौली विकासको आधार

header AD
संक्षिप्त विवरण

सिन्धुली जिल्ला अन्तर्गत साविक दुधौली, टाँडी र लदाभीर गाविसहरू समावेश गरी नेपाल सरकारको मिति २०७१ साल मंसिर १६ गते को निर्णयानुसार दुधौली नगरपालिकाको स्थापना भएको हो। नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको प्रतिवेदनका आधारमा नेपाल सरकारको मिति २०७३ साल फाल्गुण २२ गते को निर्णयअनुसार साविक दुधौली नगरपालिका तथा हत्पते, निपाने, सिर्थौली, हर्षाही, अरुणठाकुर, ककुरठाकुर र जिनाखु गाविसहरू समायोजन गरी हालको दुधौली नगरपालिका गठन भएको हो।

यस नगरपालिकाको पूर्वमा उदयपुर जिल्ला, पश्चिममा कमलामाई नगरपालिका तथा तीनपाटन गाउँपालिका, उत्तरमा फिक्कल गाउँपालिका र तीनपाटन गाउँपालिका तथा दक्षिणमा धनुषा र उदयपुर जिल्ला रहेका छन्।

दुधौली नगरपालिकाको कुल भौगोलिक क्षेत्रफल ३९०.३९ वर्ग किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार यस नगरपालिकाको कुल जनसंख्या ७०,२०७ तथा कुल घरधुरी संख्या १६,११० रहेको छ। नगरपालिकालाई १४ वटा वडामा विभाजन गरिएको छ र यसको प्रशासनिक केन्द्र दुधौली बजारमा रहेको छ।

प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले सम्पन्न दुधौली नगरपालिका कृषि, पशुपालन, वन सम्पदा, पर्यटन तथा व्यापार–व्यवसायका दृष्टिले उच्च सम्भावना बोकेको स्थानीय तह हो। नागरिकमुखी, पारदर्शी, उत्तरदायी तथा प्रविधिमैत्री स्थानीय शासनमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै समृद्ध, समावेशी र दिगो विकास हासिल गर्ने लक्ष्यका साथ नगरपालिका निरन्तर क्रियाशील रहेको छ।

आधारभूत जानकारी
Bagmati
Sindhuli
नगरपालिका
390.39 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 70207
Male 33852
Female 36355
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2073-11-22
Website https://dudhaulimun.gov.np/

Coordinates: 26.968520° N, 86.281711° E